पोखरामा किताब बेच्दै महावीर

पाेखरा | फागुन २५, २०८२

पोखरामा किताब बेच्दै महावीर

पोखरा:   निवर्तमान शिक्षामन्त्री तथा नवनिर्वाचित सांसद महावीर पुनले आफ्नो किताब बेच्ने अभियानलाई निरन्तरता दिएका छन् ।

 

प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि म्याग्दी पुगेका उनले केही समयका लागि स्थगित गरेपनि पोखरा आएर आफ्नो अभियानलाई फेरि थालेका हुन् ।

 

म्याग्दीबाट स्वतन्त्र उम्मेदवार बनेका उनले २२ हजार ८ सय ५० मत प्राप्त गर्दै संसदीय यात्रा गरेका छन् । यद्यपी सपथ ग्रहण भने गर्न बाँकी छ । 

 

पोखराको अमरसिंहचोक, लखनचोक ९पृथ्वीचोक० र महेन्द्रपुलमा सहयोगीहरुको साथमा आइतबार किताब बेचेका हुन् । 

 

पुनले वीरगञ्जमा रहेको कृषि औजार कारखाना सञ्चालनार्थ आफ्नो (आत्मकथा) किताब विक्री गर्दै आएका छन् । उनी केही दिनमै सपथ ग्रहण गर्नका लागि काठमाडौं प्रस्थान गर्ने बताइएको छ ।
 

फिफा विश्वकप- २०५८ को फाइनलमा ब्राजिलका महान् फुटबल खेलाडी पेलेले लगाएको जर्सी ४९ लाख अमेरिकी डलरमा बिक्री भएको छ।    अमेरिकाको न्युयोर्कमा आयोजित सोथेबीजको लिलामीमा ४९ लाख अमेरिकी डलरमा ज...

थप पढ्नुहोस्

नेपालमा पहिलो पटक आयोजना हुन लागेको नेपाल भलिबल लिग (एनभिएल) को लागि  ६ मार्की खेलाडी चयन गरिएको छ।    अन्नपूर्ण स्पाइकर किंग्सका मार्की हिमाल सुनारी, कर्णाली शिवराजको पहल गहतराज, काठ...

थप पढ्नुहोस्

काठमाडौँ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले शनिबार विशेष मनसुन बुलेटिन जारी गर्दै आगामी दुई दिन देशका विभिन्न भागमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको जनाएको छ। ...

थप पढ्नुहोस्